प्रेमले ल्याएको परिवर्तन  « Khabarhub

प्रेमले ल्याएको परिवर्तन 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ । भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महसुस गर्न सकिन्छ । प्रेमका लागि बलिउडका कलाकारहरूले हरेक पर्खाल र सीमा पार गर्छन् । कैयौँ पटक त उनीहरूले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन् । अभिनेत्री करीना कपुर एक समय अभिनेता शाहिद कपुरसँग डेटमा थिइन् । उनी शाहिदकै प्रेमका लागि आध्यात्मिक नै बनिन् । यही बेला उनले मांसाहार खानेकुरा पनि छोडिन् ।

अभिनेता आमिर खान पूर्वपत्नी रीनाको प्रेममा रहँदा यस्तै काम गरे । उनले रीनाका लागि रगतले प्रेमपत्र लेखेका थिए । तर, रीनालाई भने यो पत्रले विपरीत असर पर्‍यो । अर्थात् आमिरप्रतिको सोचमा केही परिवर्तन आयो । फिल्म ‘तुम हसीन मे जवान’को सुटिङका समयमा धर्मेन्द्र र हेमा मालिनीको प्रेम भएको थियो । धर्मेन्द्रको पहिलो विवाह प्रकाश कौरसँग भएको थियो । हिन्दु विवाद अधिनियमका अनुसार बिना डिभोर्स धर्मेन्द्र दोस्रो विवाह गर्न सक्दैनथे  । यही कारण उनले आफ्नो विवाहलाई वैधानिकता दिनका लागि उनले इस्लाम धर्म अपनाए ।

एक समय दीपिका पादुकोण र रणवीर कपुरसँग प्रेम खुबै चल्यो । कैयौँ सेलिब्रेटीले आफ्नो प्रेम लुकाइरहँदा दीपिकाले रणवीरको नाममा घाँटीमा ट्याटु नै खोपिन् । अभिनेता सैफ अली खान र करीना कपुर निकै लामो समयसम्म डेटमा थिए । अनि मात्र उनीहरूले विवाह गरे । सैफले करीनाको नाममा आफ्नो हातमा ट्याटु नै खोपेका थिए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : ०९ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले