लगातार फिल्ममा मानुषी  « Khabarhub

लगातार फिल्ममा मानुषी 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । मानुषीको यो पहिलो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि बलिउडको ढोका भने बन्द भएन ।  यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन् ।

उनको हालै मात्र तेस्रो फिल्ममा आफूलाई अनुबन्धित गरेकी छन् । यो फिल्मको सुटिङ युरोपमा हुनेछ । यद्यपि, फिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन । मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन् ।

यशराजको सम्झौता पोलिसी अनुसार मानुषीले लगातार तीन फिल्ममा अभिनय गरेपछि मात्र बाहिरी ब्यानरमा काम गर्न पाउने छिन्।  बलिउडमा कयौँ स्टार बनाउन सफल यशराज फिल्म्सकै भरमा मानुषी बलिउडमा डेब्यु गरेकी हुन्।

 मानुषी चाँडै नै अभिनेता विक्की कौशल र रणवीर सिंहका साथ नयाँ फिल्ममा देखिँदै छिन् । यद्यपि, यसबारे आधिकारिक घोषणा गरिएको छैन ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : ४३ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले