लगातार फिल्ममा मानुषी  « Khabarhub

लगातार फिल्ममा मानुषी 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । मानुषीको यो पहिलो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि बलिउडको ढोका भने बन्द भएन ।  यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन् ।

उनको हालै मात्र तेस्रो फिल्ममा आफूलाई अनुबन्धित गरेकी छन् । यो फिल्मको सुटिङ युरोपमा हुनेछ । यद्यपि, फिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन । मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन् ।

यशराजको सम्झौता पोलिसी अनुसार मानुषीले लगातार तीन फिल्ममा अभिनय गरेपछि मात्र बाहिरी ब्यानरमा काम गर्न पाउने छिन्।  बलिउडमा कयौँ स्टार बनाउन सफल यशराज फिल्म्सकै भरमा मानुषी बलिउडमा डेब्यु गरेकी हुन्।

 मानुषी चाँडै नै अभिनेता विक्की कौशल र रणवीर सिंहका साथ नयाँ फिल्ममा देखिँदै छिन् । यद्यपि, यसबारे आधिकारिक घोषणा गरिएको छैन ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : ४३ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ