लण्डनमा ‘लन्डन टु पेरिस’ « Khabarhub

लण्डनमा ‘लन्डन टु पेरिस’


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘लन्डन टू पेरिस’ को छायांकन सुरु गरेका छन् । ‘पञ्चेबाजा’ रिलिज भएको पाँच वर्ष पश्चात् उनले लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्।

 फिल्मका प्रमुख कलाकारहरू साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू फिल्म हो ।

फिल्मको छायांकनका लागि चार जना कलाकारको टोली हालै लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ता अगाडि नै छायांकनको चाँजोपाँजो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन बेलायत हुँदै फ्रान्समा सकिनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसअघि प्रदीपले लेखेको कथामा घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएका थिए । निर्देशक लामिछानेले सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’ र ‘धौली’ फिल्मको पनि निर्देशन गरेका छन् ।

फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् । ‘पासवर्ड’बाट फिल्म निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्‍यो, जुन आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ०३ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना