‘जेरी २’ बन्दै : को बन्लिन् अनमोलको जोडी « Khabarhub

‘जेरी २’ बन्दै : को बन्लिन् अनमोलको जोडी


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता अनमोल केसी पछिल्लो समय भटाभट फिल्म साइन गरिरहेका छन् । छड्के २ छायांकनको तयारीमा रहेका अनमोलले सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म र सरोज न्यौपानेको निर्माणमा बन्ने फिल्म ‘जेरी २’ मा अभिनय गर्ने सहमति दिएका छन् ।

सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । गत साता काठमाडौँको मेरियट होटलमा निर्माता र अनमोलबिच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।

अनमोलको दोस्रो फिल्म जेरी हो । उनको स्टारडम प्रस्ट्याउने फिल्म नै यहिँ हो । किनकि त्यस अगाडी डेब्यु फिल्ममा अनमोल गौरव पहाडी र सलोन बस्नेतसँग देखिएका थिए । हेमराजको फिल्ममा केही समय यता देखिन् मन गरिरहेका अनमोलके कथा मन परेपछि साइन गरेका हुन् । उनले फिल्मको लभ स्टोरी आफ्नो स्टारडम बढाउने विश्वास लिएका छन् ।

निर्माता न्यौपानेका अनुसार अनमोलका अन्य फिल्मसँगको छायांकन तालिका मिलाएर फ्लोरमा जाने तयारी भएको छ । फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ । यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी २’ मा आना हुने वा नहुने विषयमा आधिकारिक रूपमा कुनै जानकारी आएको छैन । यद्यपि निर्माण पक्षले आनासँग फिल्मको विषयमा कुराकानी भने गरिरहेको छ ।

यस्तै, फिल्ममा नीति शाह हुने पनि चर्चा छ । किनकि केही समय अगाडी मात्र नीतिले अनमोलसँग फिल्म खेल्न तयार रहेको सन्देश भुवन केसीलाई पठाएकी थिइन् । नयाँ अनुहारको समेत खोजीमा रहेको निर्माण युनिटले नीति लिने सम्भावना छ । यद्यपि अझैँ अफर नगरिएको नीतिले बताएकी छिन् । ‘मलाई जेरी २ बाट अफर आएको छैन । आयो भने फिल्म गर्नेछु’ उनले हालै एक अन्तर्वार्तामा भनेकी थिइन् । फिल्मलाई २०८० सालको दसैँमा रिलिज गर्ने योजना छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ३३ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन