काठमाडौँमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन « Khabarhub

काठमाडौँमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौँको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्यलगायत धार्मिक व्यत्विहरूबाट सम्मेलन उद्घाटन हुनेछ । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत सम्प्रदायका अगुवालगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधि सहभागी हुनेछन् भने बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ, डा. चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनले नेपालमा बढी रहेको धर्मान्तरलाई रोक्ने र हिन्दु राष्ट्रको रूपमा पुनर्स्थापना गर्ने मार्गचित्र तयार गर्ने राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि, विभिन्न जिल्लाका प्रतिनिधि, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक, बुद्धिजीवी, ॐ कार परिवारसँग आबद्ध व्यक्तित्वहरू सहभागी हुनेछन् ।

आयोजक समितिको शनिवार बिहान बसेको बैठकले पार्टी अध्यक्ष कमल थापालाई अन्तिम तयारी बारे जानकारी दिएको र थापाले व्यवस्थित र प्रभावकारी रूपमा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको ज्योतिष सुनज अधिकारीले बताए । बैठकमा धार्मिक संगठनसँगै पार्टीका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : २१ बजे

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित