एक्सन र सस्पेन्सले भरिएको ‘लाखे’ टिजर (भिडियो)  « Khabarhub

एक्सन र सस्पेन्सले भरिएको ‘लाखे’ टिजर (भिडियो) 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘लाखे’ को टिजरले चर्चा पाएको छ । मल्टिस्टारर ‘लाखे’ को टिजरले फिल्म सस्पेन्स र थ्रिलले भरिएको संकेत गरेको छ । सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सार्वजनिक टिजरमा सस्पेन्ससँगै एक्सनको थ्रिल समेत  मिसाइएको छ । ऐश्वर्य फिल्म मार्फत एन्टागोनिस्ट क्यारेक्टरमा अब्बल देखिएका प्रशान्त त्यहि शैलीमा प्रस्तुत छन् । मुस्ताङको रमणीय स्थानमा एक्सनको दृश्य खिचिएको छ ।

फिल्म सुसन प्रजापतिले खिचेका हुन् । फिल्मको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन । दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन र दीलिप पन्तको प्रोडक्शन डिजाइन रहेको फिल्मलाई आरआर फिल्मस्को वितरण गर्दैछ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : १५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति