अनुहार मिल्ने बलिउडका स्टार किड्स « Khabarhub

अनुहार मिल्ने बलिउडका स्टार किड्स


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायसा बेलाबखतमा ग्ल्यामरस तस्बिरका कारण चर्चामा आउने गर्छिन् । नायसाले केही समय अगाडी कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोल जस्तै देखिएको प्रतिक्रिया धेरैले दिए ।

त्यसो त नायसाअघि कैयौँ स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि खान र अमृता सिंहका छोरा इब्राहिम हुबहु पिता जस्तै देखिन्छन् ।उनलाई तस्बिरमा उनी युवा सैफजस्तै देखिएका छन् । अमृता र सैफकी जेठी छोरी सारा अलि खान आमाजस्तै देखिन्छिन् । साराको तस्बिरको तुलना प्रायः अमृताको पुरानो तस्बिरसँग गरिन्छ ।

अभिनेता शाहरुख खान र पत्नी गौरीका छोरा आर्यन खान पूर्ण रूपमा पिता शाहरुख जस्तै देखिन्छन् । उनको सामाजिक सञ्जालमा अधिक फ्यान फलोइङ छ । आर्यनले फिल्म कभी खुसी कभी गम , कभी अलविदा ना केहनामा शाहरुखको बाल्यकालको भूमिकामा अभिनय गरिसकेका छन् ।

शर्मिला टैगोर र नवाब पटौदीकी छोरी सोहा अलि खानको अनुहार उनको आमा शर्मिलासँग मिल्छ । अभिनेत्री शिल्पा शेठ्ठीका छोरा वियान नौ वर्षका भए । यद्यपि उनको अनुहार आमा शिल्पासँग मिल्दोजुल्दो छ । ‘हिरोपन्ती’बाट बलिउडमा डेब्यू गरेका अभिनेता टाइगर श्राफ भलै पिता ज्याकी श्राफजस्ता देखिँदैनन्, तर उनको लुक्स युवा ज्याकीसँग मिल्छ । कैयौँ तस्बिरमा दुवै फोटोकपी जस्ता देखिन्छन् ।

अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी इशा देओल आमा हेमाजस्तै देखिन्छिन् । फिल्ममा पाइला चाल्दा इशालाई उनको आमासँग तुलना गरिएको थियो, यद्यपि उनको करियर आमाको जस्तो सफल हुन सकेन । अभिनेता रणवीर कपुर क्लिन शेवमा पिता ऋषि कपुरको कार्बन कपी देखिन्छन् । लोकप्रिय लेखक जावेद अख्तरका छोरा फरहानको लुक्स बाबुसँग मिल्छ । युवा जावेदको तस्बिरसँग तुलना गर्ने हो भने फरहान पिताजस्तै देखिन्छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ३५ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले