आज २०७९ साल साउन २४ गते मंगलबार । सन् २०२२ को अगस्ट ९ तारिख । आजको दिन इतिहासमा भएका केही मुख्य घटनाक्रम यस्ता छन् ।
सन् १९९२ अगस्ट ९ मा स्पेनको बार्सिलोनामा आयोजित २५औँ ओलम्पिक ग्रीष्मकालीन गेम्स्को समापन समारोह भएको थियो ।
सन १९७५ अगस्ट ९ मा लुइसियाना सुपरडोमले आफ्नो पहिलो एनएफएल खेलको आयोजना गर्यो । ह्युस्टन ओइलर्सले न्यू ओलियन्स् सेन्ट्सलाई १३–७ को अन्तरले पराजित गरेको थियो।
सन् १९७४ अगस्ट ९ मा संयुक्त राष्ट्र अमेरिकाका ३७औँ राष्ट्रपति रिचार्ड निक्सनको कार्यकाल औपचारिक रुपमा सकिएको थियो। ह्वाईट हाउसको लनबाठ आफ्नो परिवारसँग हेलिकप्टरबाट जानु अगाडि बिदाइको एक हाँसोसहित शान्तिको लागि सल्युट गरेका थिए।
सन् १९७१ अगस्ट ९ मा ले रोय स्याचल पेजलाई बेसबल हल अफ फेममा समावेश गरिएको थियो।
सन् १९६१ अगस्ट ९ मा चाल्र्स म्यान्सनका समर्थकहरुले अभिनेत्री शेरोन टेट र उनको ३ पाहुनाको बेभर्ली हिल्समा हत्या गरेका थिए।
सन् १९६५ अगस्ट ९ मा सिङ्गापुर मलेसियासँग अलग भयो । सन् १९६३ मा सिङ्गापुरले मलेसिया सन्धीअन्तर्गत मलेसिया महासंघसँग जोडिएको थियो । दुई वर्षपश्चात महासंघका अन्य सदस्य र सिङ्गापुरका नेताहरुसँगै असम्झदारी उत्पन्न भएको थियो । मलेसिया संसदले सो असम्झदारीसँगै सिङ्गापुरलाई महासंघबाट निकाल्ने निर्णय गरेको थियो । अगस्ट ९ मा प्रधानमन्त्री ली कुवान यूको नेतृत्वमा सिङ्गापुर पूर्ण रुपमा स्वतन्त्र भएको थियो ।
सन् १९४५ अगस्ट ९ मा नागासाकिमा बक्स् कार नामक बी–२९ बम्बरले फ्याट म्यान आणविक बम खसाले । हिरोशिमामा खसाइएको आणविक बमको ३ दिनपश्चात यो आक्रमण भएको थियो।
सन् १९४२ अगस्ट ९ मा भारतमा इस्ट इण्डिया कम्पनीविरुद्ध भारत छोडो अभियानको सुरुवात भएको थियो । मोहनदास करमचन्द गान्धीको नेतृत्वमा बेलायत कोलोनीविरुद्ध नागरिक अवज्ञ आन्दोलनको थालनी भएको थियो । मुम्बईको गोवालिया टयाङ्क मैदानमा गान्धीले शान्तीपूर्ण विरोधको आव्हान गरेका थिए। ‘गर वा मर’ नामक एक भाषणमा गान्धीले उनको समर्थकहरूलाई ब्रिटिससँग अन्तरक्रिया गर्दा अहिंसालाई अपनाउन आग्रह गरेका थिए । यसको सुरुवातसँगै बेलायती शासकहरूले कङ्ग्रेस पार्टीको नेतृत्वलगायत गान्धीलाई पनि कैद गरिएको थियो । सन् १८५८ देखि इस्ट इन्डिया कम्पनीले भारतमाथि शासन सुरु गरेको थियो।
सन् १९३० अगस्ट ९ मा डिजी डिशेस् नामक कार्टुनमार्फत बेटी बूप नामक कार्टुन पात्रको डेब्यू भएको थियो । गायिका हेलेन केनसँग प्रभावित भएर बूप पात्रको निर्माया गरेको मानिन्छ। एनिमेटर म्याक्स फाइसरले बनाएको सो पात्र विश्वको नै प्रसिद्ध पात्रमध्ये एक हो।
सन् १८५४ अगस्ट ९ मा हेन्री डेभिड थुरोको वाल्डेन प्रकाशित भएको थियो । अमेरिकी ट्रान्सेन्डेन्टलिस्ट थुरोले कन्कर्ड म्यासाचुसेट्समा भएको वाल्डेन पोन्डको सेरोफेरोमा २ वर्ष बसेर सो किताब लेखेका थिए । सो किताबमा दुई वर्षको अवधिमा थुरोको सरल जीवनको व्याख्या गरिएको छ।
प्रतिक्रिया