सान्चेज इन्टर मिलानबाट बाहिरिए « Khabarhub

सान्चेज इन्टर मिलानबाट बाहिरिए


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन्।

चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन् ।

३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२-२१ को उपाधि जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मेहनत गर्नुपर्‍यो । इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहन्छन् ।

‘यो क्लबमा पछिल्लो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भविष्यको लागि कामना गर्दछौँ’ इन्टरले भनेको छ ।

इन्टरले सिरी ए को नयाँ सिजनको पहिलो खेलमा शनिबार लिससँग खेल्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ५२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको