गाजा–इजरायल हिंसामा ५१ जनाको मृत्यु | Khabarhub Khabarhub

गाजा–इजरायल हिंसामा ५१ जनाको मृत्यु


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा सिटी – इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादीसमूहसँग सलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ ।

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका छन् ।

गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको महासचिव गुटेरेसले बताएका छन् । यसैबीच, अफ्रिकन युनियनले इजरायल र गाजामा भएका हिंसात्मक हमलाको निन्दा गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ३९ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको