एसिया कप : रोहितको कप्तानीमा भारतीय टिम घोषणा « Khabarhub

एसिया कप : रोहितको कप्तानीमा भारतीय टिम घोषणा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ ।

६ टिम सहभागी १५औं संस्करणको प्रतियोगिता यस पटक टी-२० फर्म्याटमा हुनेछ । अन्तिम पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा भएको थियो । भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सात पटक उपाधि जितेको छ ।

सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । पाकिस्तान, भारत र छनोट एक टिम समूह ए मा छन् । यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन् ।

भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन् । यस्तै, श्रेयर इयेर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन् ।

एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

भारती घोषित टिम:
रोहित शर्मी (कप्तान), केएल राहुल (उपकप्तान), बिराट कोहली, सुर्यकुमार यादव, दीपक हूडा, रिशब पन्त (विकेट किपर), दिनेश कार्तिक (विकेट किपर), हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, रविचन्द्र आश्विन, युजभेन्द्र चहल, रबि बिश्नोइ, भुवनेश्वर कुमार, अर्शदीप सिंह,आभेष खान

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५० बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने