पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा « Khabarhub

पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा त्यहाँको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छापा मारेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवास केहीबेर एफबीआईले कब्जामा लिएको ट्रम्पले विज्ञप्ति जारी गर्दै बताएका छन् । ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताएका छन्।

गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी छ । त्यसै क्रममा आफूले सहयोग गर्दा गर्दै अनाधिकृत रुपले एफबीआईले निवासमा छापा मारेको उनको गुनासो छ। उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर गरे।

ट्रम्प राष्ट्रपति भएको बेला सरकारी दस्ताबेज दुरुपयोग गरेको विषयमा एफबीआईले छापा मारेको बीबीसीले जनाएको छ।

फ्लोरिडाको घरमा एफबीआईले छापा मार्दा पूर्वराष्ट्रपति ट्रम्प न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया