बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. निर्वाचन कार्यतालिका स्वीकृत
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने छ । समानुपातिकतर्फको बन्दसूची भने असोज २ र ३ मा बुझाउनुपर्ने छ । कार्यतालिका संशोधन नभए अघिल्लो दिन अर्थात् असोज १ मै चालु प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ ।

२. प्रतिनिधि सभाको बैठक बस्दै
विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन बमोजिम बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

३. एमालेले आज दल दर्ता गर्दै 
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गराउने भएको छ । दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको एमालेको निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले जानकारी दिए । आयोगले निर्वाचनका लागि अस्ति आइतबारदेखि साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

४. परराष्ट्रमन्त्री खड्का आज साँझ चीन जाँदै
परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि आज साँझ चीन जाने भएको छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा जान लागेका हुन् । २०७८ असारमा देउवा सरकार बनेपछि नेपालका तर्फबाट चीनतर्फ हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो । मन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच चीनको पूर्वमा पर्ने सान्दोङ प्रान्तस्थित तटीय सहर छिङदाओमा प्रतिनिधिमण्डल स्तरमा भोलि द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

५. राजदूत श्रेष्ठले ओहोदाको प्रमाणपत्र बुझाए
चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले आफ्नो ओहोदाको प्रमाणणपत्र बुझाएका छन् ।साउन १ गते बेजिइङ पुगेका राजदूत श्रेष्ठले तीन दिनपछि ओहोदाको प्रमाण पत्र बुझाउन पाएका हुन् । श्रेष्ठले चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल सम्बन्धी विभागका महानिर्देशक होङ लेइ समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।

६. बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीले शतप्रतिशत प्रोत्साहन रकम पाउने
अब बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारी एवं श्रमिकले शतप्रतिशत प्रोत्साहन रकम पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड–०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।  जसअनुसार बर्ड फ्लू नियन्त्रणका लागि रोक नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक अन्वेषण, रेपिड रेस्पोस्स लगायत क्षेत्रमा खटिएका कर्मचारी वा व्यक्तिलाई शतप्रतिशत प्रोत्साहन सुविधाको व्यवस्था गरिएको हो ।

७. धौलागिरी लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न गरेको हो ।

८. ट्रम्पको घरमा छापा
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताएका छन्। पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको ट्रम्पको आरोप छ । उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास कब्जामा लिएको बताएका छन् । आफूले सहयोग गर्दागर्दै पनि अनधिकृत रुपले निवासमा छापा मारेको ट्रम्पको आरोप छ । गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी रहेकै बेला उनको निवासमा छापा मारिएको खबर बाहिर आएको हो ।

९.युक्रेनको आणविक प्लान्टमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पहुँच दिन आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् । यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिझिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन्। आणविक प्लान्टमा कुनै पनि आक्रमण आत्मघाती विषय भएको गुटेरेजले बताएका छन् ।

१०. राष्ट्रमण्डल खेलकुदको २२औं संस्करण सम्पन्न
राष्ट्रमण्डल खेलकुदको २३औं संस्करण सन् २०२६ मा अष्ट्रेलियाको भिक्टोरियामा आयोजना हुने भएको छ । ६७ स्वर्ण पदकसहित अष्ट्रेलियालाई च्याम्पियन बनाउँदै राष्ट्रमण्डल खेलकुद अर्थात कमनवेल्थ गेम्सको २२औं संस्करण इंग्ल्याण्डको बर्मीङ्घममा सम्पन्न गर्दै २३औं संस्करण भिक्टोरियामा गर्ने निर्णय भएको हो । यही जुलाई २८ तारिखमा सुरू भएको प्रतियोगिता हिजो सकिएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : १० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता