दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द  « Khabarhub

दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका हुन् । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णुसिंह बोहराले बताए ।

उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एक जना बेहोस भएपछि लगातार अरू पनि बेहोस हुन थाले । उद्धारमा खटिएका शिक्षिकालाई समेत समस्या भयो ।’

पहिलो दिन बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्य चौकीमा पुर्‍याएर उपचार गराइएको उनले बताए । बेहोस भएका छात्राहरू नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, आँखा फर्काउने गर्दछन् ।

बेहोस भएका केही छात्राहरूको घरमा धामी बसाएपछि होसमा आएको शिक्षक मुरलीधर अवस्थीले बताए । उनले भने, ‘अघिल्ला वर्षहरूमा पनि यस्तो समस्या देखिएको थियो । अधिकांश छात्राहरू धामी चलाएपछि निको हुन्छन् । नजिकै मसानघाट रहेकाले स्थानीयवासीले मसान लागेको आंशका गरेका छन् ।’

विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताए ।

उनले भने, ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेसनमा बस्नुपर्छ । सबै छात्राहरू एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछुट्टै राख्नुपर्छ ।’

चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरूमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाइ छ । यस्ता छात्राहरूमा केही अन्य स्वास्थ्य समस्याहरू देखिएमा अस्पताल पुर्‍याउन उनको सुझाव छ ।

विद्यालयमै पुगेका डाक्टर बलामीले एक घण्टा शिक्षकहरूलाई सहजीकरण गरेका छन् ।  उक्त समस्या दार्चुला र बैतडीका समेत केही विद्यालयहरूमा देखिँदै आएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ११ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार