विभिन्न स्थानमा पाँच जना मृत फेला  « Khabarhub

विभिन्न स्थानमा पाँच जना मृत फेला 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, प्युठान, नवलपरासी (पूर्व), मोरङ र मकवानपुरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–८ भण्डारखालस्थित हुलाक घरको पेटीमा सिन्धुली फिकल गाउँपालिका बस्ने ५५ वर्षीय तेज बहादुर सिजाली सोमबार मृत अवस्थामा फेला परेका हुन् । प्युठानको गौमुखी गाउँपालिका–४ पुजास्थित नेपाने खोलामा सोही गाउँपालिका–३ रजवारा राम्दीखोला घर भएकी ४३ वर्षीया उजेली परियार सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

नवलपरासीको कावासोती नगरपालिका–५ स्थित खर बारीमा सोही नगरपालिका–१ कोईलापानी बस्ने ३५ वर्षीय गोपाल कुँवर सोमबार मृत अवस्थामा फेला परेका छन् ।  गत शनिबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

मोरङको बेलबारी नगरपालिका–३ स्थित बरफ फ्याक्ट्रीको कम्पाउन्डभित्र हाल ठेगाना नखुलेका करिब ४५ वर्षीय विसाल राई नाम गरेका व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनिस्थित बंगुरको फर्मभित्र बस्दै ज्याला मजदुरी गरी हिड्ने हाल स्थायी वतन नखुलेका ६५ वर्षीय सूर्य श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ४६ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने