'दण्ड सजायलाई रचनात्मक बनाउनुपर्छ' | Khabarhub Khabarhub

‘दण्ड सजायलाई रचनात्मक बनाउनुपर्छ’


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज आयोजना गरेको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताए ।

उनले भने, ‘दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रुपान्तरणतर्फ ध्यान पुर्‍याउनुपर्छ ।’ समय अनुकूल दण्ड सजायलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दण्ड सजाय पाएका व्यक्तिहरूलाई समाजको विकासमा प्रयोग गर्न सक्नुपर्छ ।’ अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धानलाई अपरिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताए।

 कार्यक्रममा वक्ताहरूले पछिल्ला दिनहरूमा हुने गरेका अपराधहरू घरपरिवार, चिनजान भएका व्यक्ति र आफन्तहरूबाट बढी हुने गरेको बताएका थिए । हेटौँडाका महान्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले शान्ति सुरक्षा कायम राख्नका लागि अपराध अनुसन्धानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उनले समाज जटिलतातर्फ जाँदै गरेको बताए । साइबर अपराधका विषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उनले बताए ।  

प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले समयअनुसार अपराधका प्रकृति र प्रवृत्तिमा परिवर्तन आउने भए पनि नेपालमा एक्कासि परिवर्तन देखिएको बताए । पछिल्लो १५ वर्षमा अपराधमा परिवर्तन आएको बताए । उनले भने, ‘चोरीका घटनाबाहेक ९० प्रतिशत अपराधी पहिचानका क्रममा अनुसन्धान घरपरिवार, इस्टमित्र र चिनजानका मान्छेतिर जाने गरेको छ ।’ परिवारबाटै अपराधका घटना हुने गरेकाले अहिलेका घटनालाई सामाजिक अपराध भनेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

जिल्ला न्यायाधीश रिपेन्द्र थापाले अपराधको अनुसन्धानमा अधिकृत स्वतन्त्र हुनुपर्ने बताए । उनले भने, ‘अभियोजनकर्ता स्वतन्त्र, न्यायाधीश स्वतन्त्र हुन्छ तर अनुसन्धानकर्तालाई दबाबमा किन पारिन्छ ?’ अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा जे भेटिन्छ त्यो सरकारी वकिलकामा लैजान्छु भन्नेमा लाग्नुपर्छ । अनुसन्धान अधिकृतले अध्ययन गर्ने बानी बसाल्न सकेमा अपराधीले उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, उच्च सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ लगायतले बिना दबाब स्वतन्त्र ढङ्गले अनुसन्धान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : २२ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको