एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर :  प्रदीप ज्ञवाली  « Khabarhub

एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर :  प्रदीप ज्ञवाली 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही बमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् ।

दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवै थरी पार्टी रहेको भन्दै आलोचना गरेका थिए ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उप–महासचिव ज्ञवालीले उक्त आलोचन गरेका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : १४ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ