मकवानपुरमा आठ हजार ६ सय मतदाता थपिए  « Khabarhub

मकवानपुरमा आठ हजार ६ सय मतदाता थपिए 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्मती– आगामी मङ्सिर ४ गते  हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  मकवानपुर जिल्लामा आठ हजार ६  सय ४३  नयाँ मतदाता  दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

आयोगले असारबाट सुरु गरेको मतदाता नामावली संकलन कार्यअन्तर्गत मकवानपुरमा  चार हजार पाँच सय  १७ पुरुष  तथा चार हजार एक सय २६ महिला गरी कूल  आठ हजार छ सय ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सो कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

गत साउन १९ गते सरकारले आगामी मङ्सिर  ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको  मिति घोषणा गरेपछि साउन २० गतेबाट  मतदाता नामावली संकलन कार्य  बन्द भएको बताइएको छ ।

मकवानपुरमा निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गरी दुई स्थानमा  बेग्लाबेग्लै मतदाता नामावली संकलन भएको थियो ।

निर्वाचन कार्यालयमा तीन हजार चार सय ३२ पुरुष  र  तीन हजार ९८ महिला  गरी कूल छ हजार पाँच सय  २१ ले मतदाता  नामावलीमा दर्ता गराएको थिए । जिल्ला प्रशासन कार्यालयमा  नौ सय  २१  महिला  तथा  नौ सय १९ पुरुष गरी एक हजार आठ सय ५० जनाले मतदाता नामावलीमा दर्ता गराएको बताइएको छ ।

सो अवधिमा  एक हजार दुई सय ८७ जनाले मतदाता नामावलीमा नाम सच्याउने र मतदान केन्द्र परिवर्तन गरेको बताइएको छ । मतदाता परिचयपत्र त्रुटि सच्याउनेको सङ्ख्या एक सय थियो । बाहिरी  जिल्लामा तीन सय ४३ जनाले मतदाता नामावली सारेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख लुम्वनाथ अधिकारीबाट  प्राप्त विवरणअनुसार मकवानपुरमा  हाल एक लाख  ५६ हजार छ सय ४९ पुरुष तथा  एक लाख ५० हजार एक सय ६२ महिला र पाँच अन्य गरी तीन लाख छ हजार आठ सय १६ जनाको नाम मतदाता नामावलीमा  दर्ता भएको जनाइएको छ । जिल्लामा मतदानस्थल एक सय ६५ तथा मतदान केन्द्र तीन सय ५६ रहेको सो कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ०७ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा