बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा « Khabarhub

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

राजधानी पटनामा राज्यपाल फागू चौहानलाई भेटेर उनले आफ्नो राजीनामापत्र हस्तान्तरण गरेको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ ।

केन्द्रमा सत्ता चलाइरहेको भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीएसँग) खटपट उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामापश्चात उनले भाजपाबाट अलग हुने सबैको इच्छा रहेको भन्दै विधायक एवम् सांसदहरुसँगको समन्वयमा पछिल्लो निर्णय लिइएको बताए ।

उनले अब नयाँ बाटोबाट सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । आजतकका अनुसार उनले बिहार विभानसभामा आफूसँग १६० जना विधायकहरुको समर्थन रहेको दाबी गरेका छन् ।

२४३ सिट रहेको बिहार विधानसभामा सरकार बनाउन केबल १२२ सिट पर्याप्त हुन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ०० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं