जलेश्वर नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा « Khabarhub

जलेश्वर नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- जलेश्वर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । नगर खोप समन्वय समिति र नगरपालिकाद्वारा आज आयोजना गरिएको पूर्ण खोप घोषणा कार्यक्रममा नगरप्रमुख सुरेश साह सोनारले यस नगरलाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरेका हुन्।

उनले नगर क्षेत्रभित्र जन्मेका र जन्मने प्रत्येक बालबालिकाले आवश्यक सम्पूर्ण खोपहरू पाउने र पाइरहेको पनि बताए। त्यस्तै महिलाहरूका लागि पनि आवश्यक सबै खोप उपलब्ध रहेको र सबैले सबै खोप पाइरहेकाले जलेश्वरलाई पूर्ण खोप घोषणा गरिएको जानकारी दिँदै नगरप्रमुख सोनारले नगरभित्रका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा प्रत्येक खोपको व्यवस्था रहेको तथा अब खोपकै अभावमा यहाँका कुनै पनि बालबालिका तथा महिलाहरू कुनै पनि रोगको सिकार भएर मृत्युवरण गर्नुपर्ने अवस्था नआउने प्रतिबद्धता पनि प्रकट गरे।

जलेश्वरलाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गराउनमा यस नगरभित्रका स्वास्थ्य संस्थाहरूमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयम्सेविकासहित स्वास्थ्य समूहलाई सम्मान गरिएको थियो  ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ३६ बजे

हिलाम्मे त्रिवि मैदानमा हिलो छल्दै खेल हेर्न पुग्दै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा