निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गरिने  | Khabarhub Khabarhub

निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गरिने 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले नेपालको इतिहासमा क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता हुँदै आएको र आगामी दिनमा व्यवहारिकरूपमा पनि बढ्दै जाने बताए ।

मन्त्री कोइरालाले नीति, कानून, व्यवहार, अभ्यास र दृष्टिकोणमा कुनै अवरोध भएमा त्यसलाई हटाउनुपर्ने र अभियानात्मक तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अवरोधका स्थिति र संरचनात्मक पक्षको विस्तृत अध्ययन गरी संविधानबमोजिम कानूनी संशोधन गराउन सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय अभिसन्धिमा नेपाल पक्ष पनि भएकाले आउँदो निर्वाचनमा महिलाको सहभागिता बढाउन पहल गर्न सबैको भूमिका हुने जनाए । मन्त्री कोइरालाले निर्वाचन घोषणा भए पनि निर्वाचनसम्बन्धी र अन्य कानून सदनमा ल्याइने जानकारी दिए ।

सो छलफलमा सांसद निरुदेवी पाल, खगराज अधिकारी, दुर्गा पौडेल, सत्या पहाडी, दिव्यमणिराज भण्डारी, विमला विश्वकर्मा, गणेशकुमार पहाडी, नारायणप्रसाद खतिवडा, विद्या भट्टराई, तुल्सी थापा, रामकुमारी चौधरी, पवित्रा निरौला खरेल, विमला बिक, आशाकुमारी बिक, सरिताकुमारी गिरी, तेजुलाल चौधरी, मनकुमारी जिसी, मैनाकुमारी भण्डारी, डा डिला सङ्ग्रौला, पार्वता डिसी चौधरी, अञ्जना विशङ्खे, कमला रोक्का, मानबहादुर विश्वकर्मा, नवीना लामा, चाँदताराकुमारी, प्रेम सुवाल, महेश बस्नेत, हितबहादुर तामाङ, राजेन्द्रकुमार केसी, यज्ञराज सुनुवारलगायतले भाग लिएका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक साउन २५ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ४४ बजे

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक

संविधान पुनर्लेखन र प्रदेश खारेज हुनुपर्छ : रवि लामिछाने 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन ०७९ बाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको

विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन हितेन्द्रदेव शाक्यले मुख्यतः तीन क्षेत्रमा

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग