केन्याविरुद्धको सिरिजको लागि नेपाली टोली घोषणा « Khabarhub

केन्याविरुद्धको सिरिजको लागि नेपाली टोली घोषणा


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्याविरुद्धको बाइल्याट्रल क्रिकेट सिरिजमा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितको १६ खेलाडी सम्मिलित टोलीको सुची नेपाल क्रिकेट संघ क्यानले मंगलबार सार्वजनिक गरेको हो ।

टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करन केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सरफ, शबाब आलम, किशोर महतो र विवेक यादव रहेका छन् ।

यसअघि क्यानले सिरिजको खेल तालिका पनि सार्वजनिक गरेको थियो । केन्या भ्रमणमा दुई राष्ट्रबीच ५ टी–ट्वान्टी खेल र ३ एकदिवसीय खेल खेलिनेछ । खेल तालिकाअनुसार अगस्ट २५ देखि ३० सम्म टी–ट्वान्टी खेल हुनेछ ।

 एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेल सेप्टेम्बर २, दोस्रो सेप्टम्बर ३ र तेस्रो सेप्टेम्बर ५ मा हुनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : १४ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग