वैदेशिक काठ आयातलाई निरुत्साहित गर्नुपर्छ : मन्त्री यादव « Khabarhub

वैदेशिक काठ आयातलाई निरुत्साहित गर्नुपर्छ : मन्त्री यादव


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ आज आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताएका हुन् ।

ृउनले भने, ‘वनको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र वैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोहीअनुसार काम गर्ने छु ।’

यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय वृद्धि भई वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षणलगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको जिकिर गरे ।

उनले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जीविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिष्करणमा परेका महिला, दलित, आदिवासी जनजाति वर्गलाई सामाजिक मूल प्रवाहीकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सद्भाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवादसमेत व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : ३१ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को