म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि « Khabarhub

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको आज यहाँ सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

म्यान्मारको स्वतन्त्र अनुसन्धान संयन्त्रले करिब दुईसय स्रोतबाट सङ्कलन गरेको ३० लाखभन्दा बढी सूचनालाई समेटेर तयार गरिएको राष्ट्रसङ्घीय वार्षिक प्रतिवेदनमा बलात्कार तथा अन्य प्रकारका यौन हिंसालगायत यौन र लैङ्गिक अपराध र बालबालिकाविरुद्धका अपराधहरू सुरक्षा बल र सशस्त्र समूहका सदस्यले गरेका देखाइएको छ ।

प्रतिवेदनअनुसार सेनाले शासन हत्याएपछि म्यान्माका बालबालिकालाई उनीहरूका आमाबाबुले पाउनुपर्ने सजाय उनीहरूलाई दिइएको भन्दै चरम यातनाको शिकार बनाइएको र मनमानी रूपमा हिरासतमा राखिएको, आम नागरिकविरुद्ध व्यापक एवम् व्यवस्थितरूपमा आक्रमण गरिएको, हालै चारजनालाई मृत्युदण्ड दिइएकोलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

संयन्त्रले तीन वर्ष लगाएर सङ्कलन गरेको सूचना र प्रमाणमा अन्तर्वार्ता, सर्वसाधारणका कथन, लिखित दस्तावेज, भिडियो, तस्बिर र सामाजिक सञ्जालबाट सार्वजनिक भएका सामग्री प्रतिवेदनमा समावेश गरिएका छन् ।

महिला र बालबालिका विरुद्धका अपराधहरू गम्भीर अन्तर्राष्ट्रिय अपराध हुन् भन्दै संयन्त्रका प्रमुख निकोलस कोउमजियानले म्यान्मामा जारी हिंसाले न्याय र जवाफदेहितालाई सहज बनाउन तथा थप अत्याचार हुन नदिन प्रतिवेदनले सघाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ४१ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को