जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लगाउनु पर्छ : वर्षमान पुन « Khabarhub

जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लगाउनु पर्छ : वर्षमान पुन


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुनले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन्।

उनले समितिले छिटै अध्ययन र अनुसन्धानका काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए। ३ महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै महाअभियोग अघि बढाइएको बताए।

‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध महाअभियोग प्रक्रियामा गइसकेको छ। समिति पनि पहिले नै गठन भइसकेको छ। समितिमा छलफल गरेर समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरू जुन उसको जिम्मेवारी हुन्, त्यो छिटै पूरा गरेर सिफारिश गर्छ भन्ने हाम्रो अपेक्षा छ‚’ उनले भने, ‘यो कुरा अहिलेकै संसदले टुंगो लगाउनु पर्छ। जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ। ३ महिना भनेको अधिकतम समय हो। यसलाई टुंगोमा पुर्‍याउने गरेरै ल्याएको हो।’

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५१ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले