युवा सङ्घमा ४९१ सदस्यीय केन्द्रीय कमिटी « Khabarhub

युवा सङ्घमा ४९१ सदस्यीय केन्द्रीय कमिटी


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय युवा सङ्घ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । काठमाडौँमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले केही पदाधिकारी थप्दै ४९१ केन्द्रीय कमिटी बनाएको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अमित लामा, अञ्जना अधिकारी, सुमन पुरी, युवराज श्रेष्ठ, कृष्णहरि केसी, रामजी सापकोटा र सीता सुवेदी रहेका छन् ।

महासचिवमा क्षितिज थेवे, उपमहासचिवद्वयमा रमेश तिवारी र विजय डाँगी, सचिवमा विकास ज्ञवाली, बैजनाथ साह, विस्ना चन्द रहेका छन् । बैठकले कात्तिक १० गतेभित्र जिल्ला अधिवेशन, भदौ पहिलो हप्ताभित्र वडा तहको अधिवेशन र भदौ २१ गतेभित्र पालिका अधिवेशन गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

युवा सङ्घले प्रत्येक कमिटीमा युथ फोर्स, साइबर सर्कल र निर्वाचन परिचालन कमिटी गठन गर्नसमेत निर्देशन दिएको छ । युवा सङ्घले प्रत्येक कमिटी सर्वसम्मत चयन गर्न पनि निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : २२ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,