पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने « Khabarhub

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९-८० को लागि प्रस्तुत कार्यक्रम र बजेटमा यस्तो उल्लेख गरिएको छ। कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पनि पारित गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार परिषद्का अध्यक्ष एवम् मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले रु ९६ करोड ८४ लाख ४७ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ।

पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ। शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए।

कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधिको संरक्षण र संवद्र्धनलाई कोषले प्राथमिकता दिएको सदस्य–सचिव डा. मिलनकुमार थापाले बताए।

बैठकमा कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिने बारेमापनि छलफल भएको थियो। गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए। पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा हुने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने जनाए।

कोषका लागि चालु आर्थिक बर्षमा नेपाल सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम संचालन गर्न रु २४ करोड बजेट विनियोजन भएको छ। कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि रु २० करोड ७० लाख पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले सुनाए।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ४१ बजे

अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्धि पनि आवश्यक छ : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महिला

एक हजार २२ बोरा अवैध युरिया मल बरामद

तानसेन – पाल्पामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ

नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोट – नुवाकोटमा केरेन्ट लागेर एक जनाको ज्यान गएको छ

सरकारका राम्रा कामको समर्थन गछौँ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरीतका

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

एजेन्सी – श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत