रुसी हिरासतको ज्यादती | Khabarhub Khabarhub

रुसी हिरासतको ज्यादती


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मानवतावादी सोच राख्नेका लागि भूगोलको नाममा हुने युद्ध कहिल्यै पनि स्वीकार्य हुन सक्दैन। फेब्रुअरी महिनामा रुसले युक्रेनमा हमला गरे यता थुप्रै मानवता विरोधी गतिविधि भएका छन्।

युक्रेनको अस्पताल, प्रसूति गृह र विद्यालयमा समेत आक्रमण गर्न नछाडेको रुसी सत्ताको ज्यादतीको सिकार जनता पनि नभएका होइनन्। रुसमा रहेका थुप्रै युद्ध विरोधी युवा सत्ता ज्यादतीको सिकार भएका हुन्। यसरी ज्यादतीको सिकार हुने धेरै जसो युद्ध विरोधी छन्।

मार्च महिनामा १९ देखि २५ वर्ष उमेर भित्रका युवतीले युक्रेन आक्रमणको विरुद्धमा मस्कोमा भएको प्रदर्शनमा सहभागिता जनाएका थिए। यिनीहरूलाई प्रहरीले घेरा हालेर पक्राउ गर्दै भ्यानमा कोचेको थियो।उनीहरू एक आपसमा अपरिचित थिए।

मार्च महिनामा १९ देखि २५ वर्ष उमेर भित्रका युवतीले युक्रेन आक्रमणको विरुद्धमा मस्कोमा भएको प्रदर्शनमा सहभागिता जनाएका थिए। यिनीहरूलाई प्रहरीले घेरा हालेर पक्राउ गर्दै भ्यानमा कोचेको थियो।

मस्कोको मूल सहरबाट ब्राटयेभाको पुलिस स्टेसनसम्म पुग्ने क्रममा टेलिग्राम ग्रुप च्याट बनाएर उनीहरूले एक आपसमा सम्पर्क गरेका थिए। त्यसपछि उनीहरूको भोगाइ अनुमान गरे भन्दा धेरै फरक थियो। त्यसपछिको ६ घण्टा उनीहरूले मौखिक र शारीरिक यातना सहेर बिताए। थुप्रै पटक प्लास्टिकको झोला आफूमाथि राखेको कारण अक्सिजनको कमी भएको एक महिला बताउँछिन्।

त्यसरी यातना दिने एक व्यक्ति थिए। उसले अग्लो खाइलाग्दो र कालो पोसाक लगाएको थियो। त्यसैले ती व्यक्तिको नाम नै ‘द म्यान इन ब्ल्याक’ भनेर ती युवतीहरू चिन्ने गर्छन्। यी नै मध्यका दुई महिला मारिना र अलेक्जान्द्राले ती अधिकारीले बोलेका शब्दलाई लुकेर रेकर्ड गर्न भ्याएका छन्। सुनी नसक्नुका गालीले भरिएका ती रेकर्ड अहिले छरपस्ट भएका छन्। अहिले ती महिलालाई गुपचुप राख्ने ती रुसी अधिकारीको अभियान पुरै असफल भइसकेको छ। सञ्चार माध्यममार्फत् अन्तर्राष्ट्रिय क्षेत्रमा यो कुरा क्षतविक्षत भएको छ।

उनीहरूले मौखिक र शारीरिक यातना सहेर बिताए। थुप्रै पटक प्लास्टिकको झोला आफूमाथि राखेको कारण अक्सिजनको कमी भएको एक महिला बताउँछिन्।

यो सही नसक्ने हरकत बढेपछि ती महिलाले डिजिटल डिभाइसमै उनीहरूले दिएको यातनाका बारे कुरा गरेका थिए। ‘हामीले यसलाई गुपचुप राख्यौं भने यो क्रमले निरन्तरता पाउने छ। यो कुरा बाहिर आएर पनि कसैले मतलब गरेन भने त उनीहरूको आत्मविश्वास झनै बढ्ने छ,’ २२ वर्षीया विद्यार्थी मारिनाले लेखेकी छन्।

उनको आकृतिको तस्बिर पनि अहिले छरपस्ट भएको छ। तर, रुसको प्रहरीको आफ्नो साइटमा भने त्यो अनुहार नै भेट्टाउन सकेनन्। उनीहरूले नाम पनि पत्ता लगाउन खोजेका थिए। तर, यी सबै प्रयासमा उनीहरू असफल भएका थिए।

मार्चको अन्त्यमा रुसको लोकप्रिय फुड डेलिभरी एपबाट थुप्रै डेटा सार्वजनिक भयो। यसरी सार्वजनिक भएको डेटाबाट उनीहरू ती व्यक्ति पहिचान गर्ने नयाँ जुक्ती निकाले। उनीहरूले डेटालाई सर्टीङ गरेर गत एक वर्षमा ब्राटयेभा प्रहरी कार्यालयमा कुनै खाना अर्डर भएको थियो या थिएन भनेर खोजी गर्न थालेका थिए।

सुनी नसक्नुका गालीले भरिएका ती रेकर्ड अहिले छरपस्ट भएका छन्। अहिले ती महिलालाई गुपचुप राख्ने ती रुसी अधिकारीको अभियान पुरै असफल भइसकेको छ। सञ्चार माध्यममार्फत् अन्तर्राष्ट्रिय क्षेत्रमा यो कुरा क्षतविक्षत भएको छ।

उनीहरूले पछिल्लो एक वर्षमा त्यहाँ नौ जनाले खाना अर्डर गरेको पत्ता लागेको थियो। ती सबै अर्डरमा पहिलो नाम र फोन नम्बर थियो। त्यसपछि त्यो समूहले त्यो नामको धेरै सामाजिक सञ्जालको प्रोफाइलको खोजी गरेको थियो। ती मध्यका कुनै पनि फोटो उनीहरूले खोजी रहेको मानिससँग नमिलेपछि सही व्यक्तिको पहिचान हुने आशा नै मारेका थिए।

यसरी खोजी गर्दा त्यो समूह इभान थरमा खोजी गर्न पुगेको थियो। त्यही थरको आधारमा उनीहरूले खोजी कार्य अगाडि बढाउँदा पहिलो थाहा भएकै कुरा बाहेक थप केही थाहा पाउन सकेनन्।

एक पटक तीव्र गतिको कार त्यसै प्रहरी स्टेसनको १० मिनेट परबाट बिक्री भएको तथ्यांक फेला परेपछि ती महिलाको समूह आफ्नो काममा सक्रिय भएको थियो। इभान रायबोभले त्यो कार बिक्री गरेका थिए। यस बीचमा १९ वर्षीया अनास्टीयासले सामाजिक सञ्जालमा उनलाई पत्ता लगाएपछि खुसीले विभोर भएकी थिइन्। उनले नै सामाजिक सञ्जालको त्यो समूहका साथीलाई उनीहरूले खोजी रहेका ‘म्यान इन ब्ल्याक’ को विवरण पठाएकी थिइन्।

रुसी सत्ता निष्पक्ष रहेमा उनीहरूमाथि भएको ज्यादतीको छानबिन गर्न बलियो प्रमाण पेस गर्न ती महिलाको समूह सक्षम भइसकेको छ। त्यहाँ भित्र भएको अडियो रेकर्ड त धेरै कुरा प्रमाणित गर्न पर्याप्त भइसकेका छन्। १४ मिनेट त मारिनलाई ती व्यक्तिले मुखमा पेस्तोल राखेर लात्तीले भकुरेका थिए।

१९ वर्षीया अनास्टीयासले सामाजिक सञ्जालमा उनलाई पत्ता लगाएपछि खुसीले विभोर भएकी थिइन्। उनले नै सामाजिक सञ्जालको त्यो समूहका साथीलाई उनीहरूले खोजी रहेका ‘म्यान इन ब्ल्याक’ को विवरण पठाएकी थिइन्।

रायबोभले अनास्टासियालाई पनि पानीको बोतलले हिर्काएका थिए। प्लास्टिकको झोलाले पनि उनको टाउकोमा धेरै पटक हिर्काइएको थियो। धेरै पटक त उनी ३० देखि ४० सेकेन्डको हाराहारीमा बेहोस झैँ नै भएकी थिइन्।

२६ वर्षीया अलेक्जान्द्रालाई त पुटिनले यसरी विरोध गर्ने सबैलाई मार्ने भनेको र जुनसुकै समयमा यो कदम चालिन सक्ने भन्दै धम्क्याएका थिए। यी सबैको अडियो रेकर्ड छ। तीनले त त्यसरी मारेपछि पुटिनले नै बोनस दिने कुरासमेत गरेका थिए। यसरी समातिएका मध्य कम्तीमा ११ जना ‘म्यान इन ब्ल्याक’ बाट प्रताडित भएका थिए।

यी कुरा सञ्जालमा छरपस्ट भएपछि एक रुसी राजनीतिज्ञले छानबिन हुने कुरा बताएका थिए। तर, प्रहरी प्रशासनले यो प्रमाण अप्राप्त रहेको जनाउँदै आएको छ। ती महिला त्यो दिन कसको आदेशले यो सबै भएको भनेर पत्ता लगाउने सोचमा छन्। अनास्टासीयाकै अनुसार ‘म्यान इन बेग’ ( उनीहरूले राखेको नाम) पनि त्यस दिनसँगै थियो।

यी कुरा सञ्जालमा छरपस्ट भएपछि एक रुसी राजनीतिज्ञले छानबिन हुने कुरा बताएका थिए। तर, प्रहरी प्रशासनले यो प्रमाण अप्राप्त रहेको जनाउँदै आएको छ।

उनीहरूले रहेको एक सय तीन नम्बरको कोठामा ती भने प्रवेश गरेका थिएनन्। सबै काम ती व्यक्तिकै समन्वयमा भएको थियो। थुनामा परेकी एक महिलाले लुकेर उसको पनि भिडियो लिएकी थिइन्। त्यो भिडियो प्रस्ट नभएका कारण अहिले त्यसलाई चासो दिइएको छैन।
उनीहरू ६ मार्चको एरेस्ट रिपोर्ट अनुसार गिरफ्तार भएका थिए।

प्रहरी कार्यालयका कार्यकारी प्रमुख लेफ्टिनेन्ट जनरल एजी फेडोरिनोभले त्यसमा हस्ताक्षर गरेका थिए। उनको नाम अलेक्जेन्डर जर्जीयोभिच फेडोरिनोभ भएको कुरा पनि सामाजिक सञ्जालबाट पत्ता लागेको थियो। पछि सबै भिडियो हेर्दा ‘म्यान इन बेग ’ तीनै व्यक्ति थिए।

अहिले यस ढङ्गको यातना दिइएको रुसी अधिकारी मौन छन्। तर, यो कुरा विस्तारै मानव अधिकारवादीको चासोको विषय पक्कै बन्ने छ। मारिना अझै पनि कानुनको सहारामा जाने बताउँछिन्। ‘सरकारी अधिकारी भएकै कारण कसैमाथि ज्यादती गर्न पाइँदैन’, उनले भनिन्।
अगस्टमा रुसी जेलको बारेमा अर्को एउटा रिपोर्ट प्रकाशित भएको थियो। त्यो रिपोर्ट अनुसार धेरै जनालाई जेलमा यातना दिनुका साथै बलात्कारसमेत गरिएको छ ।

रुसको साराटोभ जेलमा त दुनियाँलाई झस्काउने खालका घटना हुने गरेको प्रकाशमा आइ सकेको छ। रुसकै एक प्रोजेक्टका अनुसार सन् २०१५ देखि सन् २०१९ को बीचमा ९० प्रतिशत प्रान्तका जेलका यस्ता यातनाका घटना भएका थिए।

अगस्टमा रुसी जेलको बारेमा अर्को एउटा रिपोर्ट प्रकाशित भएको थियो। त्यो रिपोर्ट अनुसार धेरै जनालाई जेलमा यातना दिनुका साथै बलात्कारसमेत गरिएको छ ।

अहिले युद्धको समयमा यस्ता केही घटना बाहिर आएका छन्। यस्ता सयौँ घटना त्यहाँ भएको आशङ्का छ। युद्धविरुद्धमा आवाज उठाउनेलाई गिरफ्तार गर्ने र यातना दिने कामको कुनै सीमा नै थिएन। यो क्रम मार्च र अप्रिलमा सबैभन्दा धेरै भएको थियो।
एक मानव अधिकारवादी सङ्गठनको सर्भे अनुसार अनुसार युद्ध सुरु भएपछि ६ मार्चको बीचसम्ममा १३ हजार ५ सय जनालाई गिरफ्तार गरिएको थियो। ६ मार्चको दिन भएको प्रदर्शनबाट मात्र पाँच हजार जनालाई गिरफ्तार गरिएको थियो।

यी सबै घटनामा अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्गठनले आवाज उठाए पनि रुसको अन्य देश होइन आफ्नै देशका नागरिकलाई पनि न्याय दिने लक्षण देखिएको छैन। स्रोत : रिलिफ वेब, बीबीसी

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ५६ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको