‘नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ’ « Khabarhub

‘नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ’

'पैसा नहुनेले चुनाव लड्ने सपना नदेखे पनि हुन्छ'


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्ले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज पोखरा पुगेका प्रचण्डले पत्रकारसँग उनले विधेयक प्रमाणीकरण नगरे कि अदालतमा जाने कि राष्ट्रपतिले राजीनामा दिनुपर्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए। ‘राष्ट्रपतिज्यूलाई दोस्रोपटक संविधानले कुनै ठाउँ दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै मलाई लाग्छ।,’ उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ कि त उहाँले राजीनामा दिनुपर्छ।’

केही दिन अघि आफूले राष्ट्रपति भण्डारीलाई भेटेर दोस्रो पटक पनि प्रमाणीकरण भएन भने या त राजीनामा दिनुपर्छ या त अदालतमा जान्छ भनेको सुनाए। ‘यो अनुमानको कुरा हो मलाई लाग्छ राष्ट्रपतिज्यूलाई प्रमाणीकरण गर्नुहुन्छ।’ प्रचण्डले भने।

त्यस क्रममा प्रचण्डले पैसा नहुने त चुनाव लड्ने सपना नदेखे पनि हुने दिन आएको गुनासो गरेका थिए। उनले पछिल्लो समय आफूसँग पैसा नभएको र चुनाव जित्न कठिन हुने अवस्थामा पुगेको बताउँदै आएका छन् । निर्वाचनपछि अहिलेको निर्वाचन प्रणाली बदल्न आन्दोलन गर्ने पनि प्रचण्डले घोषणा नै गरिसकेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : १६ बजे

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन

म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित

म्याग्दी– निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन