'नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ' | Khabarhub Khabarhub

‘नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ’

'पैसा नहुनेले चुनाव लड्ने सपना नदेखे पनि हुन्छ'


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्ले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज पोखरा पुगेका प्रचण्डले पत्रकारसँग उनले विधेयक प्रमाणीकरण नगरे कि अदालतमा जाने कि राष्ट्रपतिले राजीनामा दिनुपर्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए। ‘राष्ट्रपतिज्यूलाई दोस्रोपटक संविधानले कुनै ठाउँ दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै मलाई लाग्छ।,’ उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ कि त उहाँले राजीनामा दिनुपर्छ।’

केही दिन अघि आफूले राष्ट्रपति भण्डारीलाई भेटेर दोस्रो पटक पनि प्रमाणीकरण भएन भने या त राजीनामा दिनुपर्छ या त अदालतमा जान्छ भनेको सुनाए। ‘यो अनुमानको कुरा हो मलाई लाग्छ राष्ट्रपतिज्यूलाई प्रमाणीकरण गर्नुहुन्छ।’ प्रचण्डले भने।

त्यस क्रममा प्रचण्डले पैसा नहुने त चुनाव लड्ने सपना नदेखे पनि हुने दिन आएको गुनासो गरेका थिए। उनले पछिल्लो समय आफूसँग पैसा नभएको र चुनाव जित्न कठिन हुने अवस्थामा पुगेको बताउँदै आएका छन् । निर्वाचनपछि अहिलेको निर्वाचन प्रणाली बदल्न आन्दोलन गर्ने पनि प्रचण्डले घोषणा नै गरिसकेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : १६ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७