प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली आज एकै दिन चितवन आउँदै « Khabarhub

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली आज एकै दिन चितवन आउँदै


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन आउन लागेका छन्।

कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा मध्याह्न करिब १२ बजे सहभागी हुने छन्।

आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन्। यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।

एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लागेका हुन्। बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिइन्। ओलीको कुनै औपचारिक कार्यक्रम नरहेको उनले बताइन्। ओली ११ बजे भरतपुर विमानस्थलमा आइपुग्ने उनको भनाइ छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ५७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र