कलंकीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

कलंकीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिका–१४ कलंकीमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडि सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भीर घाइते भएका थिए।

घाइते दुवैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेकोमा चालक डंगोलको गए राति पौने २ बजे मृत्यु भएको हो।

गए राति १ बजे डंगोलले चलाएको प्रदेश ३-०२-००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो।

दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : ०३ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।