नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?  « Khabarhub

नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ? 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरूबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो ।

बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६ करोड रुपैयाँ र २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यस्तै, आर्थिक वर्ष २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ र २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : २२ बजे

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको