'कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको संकल्प रहनेछ'  | Khabarhub Khabarhub

‘कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको संकल्प रहनेछ’ 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहने बताए । 

सुन्दरीजल, बीपी सङ्ग्रहालयमा भएको १०९औँ बीपी जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने उल्लेख गरे ।

आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहेका महामन्त्री शर्माले भने, ‘घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्ने छ, कोही अझै शिक्षाबाट बञ्चित किन रु ‘ड्रपआउट’ कहिलेसम्म? उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता किन ? विकल्प के र कसरी रु घोषणापत्र त्यसमा प्रविष्ट हुनेछ ।’

कांग्रेसको घोषणापत्र निर्माणकार्य अब छिट्टै सुरु गर्ने जानकारी गराउँदै उनले पार्टीको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने संकल्प घोषणापत्रले बोक्ने बताए । स्थापनाकालमा बीपी कोइरालाले लेख्नुभएको दस्तावेज, विसं २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजहरूको गहिरो अध्ययन अबको घोषणापत्र निर्माण गरिने महामन्त्री शर्माले उल्लेख गरे ।

नेपाल आज जहाँ आइपुगेको छ, ती उपलब्धिहरूको स्मरण, यो अवधिमा भएका कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा व्यवहारिक घोषणापत्र निर्माण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘बीपीले परिकल्पना गरेकाे नेपाल र आजको नेपाली युवाको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्नेछ, त्यसो गरिरहँदा ५० लाख बढीको सङ्ख्यामा विदेशमा रहेको ‘नेपाल बाहिरको नेपाल’को भावनालाई समेट्ने छ’, महामन्त्री शर्माले भने।

भारत र चीन दुवै छिमेकी मित्रराष्ट्रको बढ्दो आर्थिक उचाइबाट लाभान्वित हुँदै ‘छिमेकीको आर्थिक गति सँगसँगै अघि बढ्ने’ दृष्टि, संकल्प र सुस्पष्ट योजना जो जरुरी छ, त्यसबारेमा पनि घोषणापत्रले प्रकाश पार्ने उनले जानकारी गराए । शासन प्रणाली सही भएर पनि नागरिकलाई व्यापक विश्वासमा लिन भइरहेका कमजोरीको पहिचान गरेर, राष्ट्र निर्माणको महाअभियानमा ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहर घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने बताए ।

बीपी सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा क्षेत्रीय सभापति सन्तोष चालिसेले पनि मन्तव्य दिएका थिए । आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहेका उनले सुन्दरीजलबाटै पार्टीको महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : १७ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन