बेलायतमा चार्ल्स तृतीयको शासन सुरु « Khabarhub

बेलायतमा चार्ल्स तृतीयको शासन सुरु


२४ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् ।

यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने जनाइएको छ । उनका चार नामहरु चार्ल्स फिलिप अर्थर जर्जमध्ये उनले कुनै पनि नाम चयन गर्न सक्ने भएपनि उनले आफ्नो नाम चार्ल्स नै रोजेको बीबीसीले जनाएको छ ।

उनी राजा भएसँगै उनकी धर्मपत्नी रानी कमिला ‘क्विन कन्सर्ट’ भएकी छिन् । यद्यपि उनलाई कुनै नयाँ पद नदिइएको बीबीसीले जनाएको छ ।

उनका छोरा राजकुमार विलियमले चार्ल्सको पद ‘ड्युक अफ क्रोनवाल’ र बुहारी केटले कमिलाको पद ‘डचेस अफ क्रोनवाल’ पाएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ४ : ०२ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता