भारतद्वारा कनिकाको निर्यातमा प्रतिबन्ध « Khabarhub

भारतद्वारा कनिकाको निर्यातमा प्रतिबन्ध


२४ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले टुक्रा चामल (कनिका) को निर्यातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार टुटेफुटेको चामलको निर्यात नीतिलाई निषेधित गरिएको छ ।

अधिकारीहरूका अनुसार यो कदमको उद्देश्य घरेलु उपलब्धता बढाउनु र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्नु हो ।

यसअघि भारत सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिनको लागि गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो ।

विज्ञहरूका अनुसार भारतको चामल ढुवानीमा प्रतिबन्धले विश्वव्यापी खाद्य मूल्यलाई उच्च बनाउनेछ र विश्वव्यापी खाद्य मुद्रास्फीतिलाई बढाउनेछ ।

रुस–युक्रेन द्वन्द्व, खडेरी र गर्मीको लहरका कारण पहिलेदेखि नै बढिरहेको खाद्यान्नको मूल्यमा विश्वले पहिलेदेखि नै दबाबको सामना गरिरहेको छ ।

विश्वमा चामल निर्यात हुनेमध्ये ४० प्रतिशत हिस्सा भारतले ओगटेको छ । भारत सरकारले गत मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ७ : ०० बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका