वीरेन्द्रनगर डेङ्गुको जोखिममा « Khabarhub

वीरेन्द्रनगर डेङ्गुको जोखिममा


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेङ्गु रोगको जोखिममा रहेको पाइएको छ । सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेङ्गुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा एक सय पाँच जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरभित्रका मात्रै ७५ जना रहेको बताए। प्रमखु गिरीका अनुसार यो तथ्याङ्कबाट नै वीरेन्द्रनगर डेङ्गुको जोखिममा रहेको पाइएको हो ।

वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा नं ४ मा रहेका छन् । वडा नं ४ मा १५, वडा नं ३ मा १४, वडा नं २ मा १० र वडा नं ६ र ७ मा सात÷सात जना बिरामी रहेका छन् ।

डेङ्गु रोगविरुद्ध खोप नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु नै उत्तम रहेको जनस्वास्थ्य शाखा प्रमुख गिरी बताए ।

वीरेन्द्रनगरमा डेङ्गु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझावसमेत मागेको छ । अघिल्लो वर्ष सुर्खेतका एक सय २८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका सात सय ९८ जनामा वीरेन्द्रनगरका मात्रै सात सय ३९ जना डेङ्गुका बिरामी फेला परेका थिए

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ३७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते