पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड « Khabarhub

पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति नै पर्यटनका लागि स्वर्ग जस्तो भएकाले पहिले संरक्षणमा जोड दिएर पर्यटन प्रचारप्रसार र विकास दिगो हुने उनले बताए ।

यस्तै होटल एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले पछिल्लो समय नेपालको एक वर्षको बजेट बराबर होटल क्षेत्रमा लगानी भइरहेको भन्दै राज्यले त्यस क्षेत्रको संरक्षणमा चाँसो दिनुपर्ने बताए ।

यस्तै पेभेलियन मिडियाका प्रमुख नरेश श्रेष्ठले पर्यटनको लागि सरकारले दिगो रुपमा योजना बनाएर काम गर्नुपर्ने बताए ।

यस्तै ग्रामीण पर्यटनका अभियान्ता गोपाल थापाले संघीयतामा देश गएकाले अब पर्यटन बोर्डसँगै पालिका र प्रदेश सरकारले पनि पर्यटन प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । नेपाल ¥याफ्टिङ एशोसिएसनका अध्यक्ष शिव अधिकारीले जलयात्रा नेपालका लागि चुनौतिपूर्ण बनेको बताए ।

नेपालका खोला तथा नदीमा डोजर लगाएर अवैध रुपमा ढुंगा तथा बालुवा उत्खनन् बढेकाले जलयात्रा नै जोखिम र चुनौतिपूर्ण भएको उनले बताए । कार्यक्रममा पर्यटन क्षेत्रका अभियान्ता, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ४५ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका