चुनावले एमालेमा भूकम्प, कांग्रेसमा दाउपेच « Khabarhub

चुनावले एमालेमा भूकम्प, कांग्रेसमा दाउपेच

माओवादी र नेकपा समाजवादी चुनावी फाइदा उठाउने दाउमा


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा भूकम्प गएको छ। आफ्नो आलोचक नेताहरुसँग प्रतिशोध साँधेर एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि एमालेमा भूकम्प गएको हो।

खासगरि तत्कालीन समयमा माधव नेपाल गुटमा लागेका नेताहरुप्रति एमाले अध्यक्ष ओलीले प्रतिशोधपूर्ण व्यवहार गरेका हुन्। जसकारण एमालेका वैचारिक तथा नेपाली कम्युनिष्ट राजनीतिमै आशलाग्दा नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। यस्तै भीम रावलले पनि टिकट नपाएपछि एमालेमा अब व्यवस्थित निर्णय गर्न जनाएका छन्।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई टिकट दिनु नपर्ने भन्दै ओलीसामु रक्षात्मक सन्देश पठाएकी छन्। राजनीतिमा उथलपुथल र दाउपेचको खिचातानी हुने भए पनि यो हदसम्म प्रतिशोध साँध्ने काम निकै कम हुने गर्छ। तर एमाले अध्यक्ष ओलीले हाकाहाकी आफ्नो पक्षमा नलागे कारबाहीदेखि प्रतिशोध साँध्नेसम्मका काम गरेपछि कम्युनिष्ट राजनीति बदनाम हुन पुगेको छ।

जसकारण एमालेमा वैचारिक नेताको छवि बनाएका भुसालले एमाले परित्यागको घोषणा गर्नु परेको छ। चुनाव लड्नका लागि टिकट नपाएपछि भुसालले पार्टी परित्याग गरेका हुन्। यद्यपि यो उनको आक्रोशपूर्ण र अपत्यारिलो निर्णय मानिएको छ। एमालेकै युवा नेताहरुले भुसालको निर्णय अनपेक्षित भएको टिप्पणी गरेका छन्।

तर हक्की स्वभावका भुसालले एमाले नै छाडिदिएको घोषणा गरेका छन्। यसको ढिलो चाँडो सानोतिनो असर एमालेमा पक्कै पर्नेछ। पार्टी नेतृत्वबाट विभेदपूर्ण, प्रतिशोधपूर्ण र अव्यवहारिक निर्णय भएपछि भुसाल र रावल जस्ता नेताहरु पन्छिने सुरसारमा पुगेका हुन्।

यो अवस्थामा भुसाल स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् भने रावलको निर्णयलाई प्रतीक्षाका साथ हेरिएको छ। भविष्यमा उनीहरू माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा जान सक्ने चर्चा गरिएको छ।

तर सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने र पार्टीका लागि जीवन समर्पण गरिरहेका नेताहरुलाई पनि विभेदपूर्ण व्यवहार गरेर पार्टीबाट बहिर्गमनका लागि षडयन्त्रमूलक बाटो समात्ने ओली प्रवृत्ति नेपाली राजनीतिकै समस्या देखिन्छ।

चुनावको मनोनयन दर्ताको दिनसम्मको अवस्थामा नेपाली कांग्रेसमा भने दाउपेचको राजनीति देखिएको छ। गठबन्धनमा मागेभन्दा केही कम सिट पाएको नेपाली कांग्रेस आन्तरिक राजनीतिमा दोउपेचमै क्रियाशील देखिएको हो। आन्तरिक रुपमा जति नै रस्साकस्सी चले पनि कांग्रेस नेताहरु बाहिर भने मौन र अनुशासित हुने गरेका छन्।

कांग्रेसमा संस्थापन र संस्थापन इतर पक्षका नेताहरुबीच दाउपेचको राजनीति चलिरहेको हो। एमाले र कांग्रेसको दाउपेचभित्रको राजनीतिभित्र नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले भने फाइदा उठाउन खोजिरहेका छन्। समाजवादी आफ्नो ‘साइज’लाई बढाउने कोसिसमा हुँदा माओवादी आफ्नो अस्तित्व बचाउनुपर्ने दबाबमा छ।

यस्तो अवस्थामा आउँदो चुनावमा ठूला भनिएका पार्टीको स्वार्थगत लडाई, दाउपेचको राजनीति, आन्तरिक खिचातानी र एकले अर्कोलाई लडाउने र पन्छाउने घृणित खेल उत्कर्षमा पुग्नेछ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ३४ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर