गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा पुनःसञ्चालनमा « Khabarhub

गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा पुनःसञ्चालनमा


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गुल्मी – जिल्लामा गत तीन दिनदेखि अवरुद्ध बनेको विद्युत् सेवा पुनःसञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–९, पुतलीबजारमा रहेको ३३ केभीको तीनवटा ट्रान्सफर्मरमा पहिराले क्षति पुर्‍याएपछि जिल्लामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रको सहयोग एवं रेसुङ्गा नगरपालिका र स्थानीय प्रशासनको पहलमा गएरातिदेखि विद्युत् पूर्ण रुपमा सञ्चालनमा आएको रेसुङ्गा नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । पहिराले ट्रान्सफर्मरमा क्षति पुगेपछि गुल्मीको रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इस्मा गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव तथा मालारानी गाउँपालिकामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।

लामो समयसम्म विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको थियो । पहिराले नेपाल टेलिकमको अप्टिकल फाइबरसमेत काटिएको कारण सदरमुकाममा धेरैजसो ल्यान्डलाइन टेलिफोन सेवा अझै अवरुद्ध छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ४३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा