लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित « Khabarhub

लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी – लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। बुधबार रातिदेखिको लगातारको वर्षाले यहाँका जनजीवन प्रभावित भएको हो। वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन्।

यस्तै, दैनिक कामकाज ठप्प भएको छ। दैनिक ज्याला मजदुरी गर्ने, यात्रुहरू तथा किसानलाई दैनिक कामकाज गर्न पनि कठिनाइ भएको छ। वर्षाले किसानले काटेको धानबाली र खरमा पनि क्षति पुगेको छ। पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजीत विष्टले गुनासो गरे।

खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताउनुभयो। केही ठाउँमा काटेको खर कुहिन थालेको र पछि कुनै ठाउँका किसानले खर काट्न नपाउँदा किसान चिन्तित भएका छन्।

यस्तै ग्रामीण सडक पानीले हिलाम्य हुँदा आवागमन पनि रोकिएको छ भने राजमार्गमा पनि वर्षाले सवारी सञ्चालनमा समस्या भएको चालकहरूले बताएका छन्। यस्तै पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध भएको छ। सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो। अझै दुई–तीन दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागहमा वर्षा भइरहेको छ। अझै केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तर वर्षा भइरहेकाले बाढी र पहिराको सम्भावना हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्