सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट | Khabarhub Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यसपटकको निर्वाचनका लागि टिकट पाएनन् ।

मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट लिए ।

मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।

डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसको भागमा परेको छ । डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १२ : ३३ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा