रेखा थापाले गरिन् मोरङ ३ मा उम्मेदवारी दर्ता « Khabarhub

रेखा थापाले गरिन् मोरङ ३ मा उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ- राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रूपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् ।  थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।

उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् : 

मेरो राजनीतिक यात्रा समयको माग हो, आज मोरङका जनताको सेवाका लागी, विगत ३० वर्ष देखि संसदमा पुगेका दलका नेताहरूले मोरङबासीकालागी गरेको काम हेर्दा, समाजले एउटा नेतृत्व बाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो । अब पनि हामी नबोले, हामीले आवाज नउठाए कसले उठाउँछ ? देश बनाउन् कसम खाएका नेताहरूले देश त परै जावस आफ्नो समाजको लागी सम्म पनि उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङवासी सधैँ देशको, राजनीतिको केन्द्रबिन्दु हुँदाहुँदै पनि पछि परेका छौ त ?  यस्तै तमाम समस्याले गर्दा मैले , मोरङ क्षेत्र नै ३ बाट युवा विद्रोहको रूपमा उम्मेदवारी दिएकी छु ।  रङ्गमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अव नेपाली समाजको, मोरङबासीको , आमाहरू अनि छोरीहरूका लागी विशेष योजना सहित  विशेष काम गर्ने छु ।

 यस पटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ । यस पटक  जनतालाई झुट बोलेर संसद् बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरू सहित तपाईँको बिचमा आफूलाई उभ्याउने छु ।  यस पटक मोरङले राजनीतिक  उच्च चेतना  प्रदर्शन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन्, उच्च चेतना र परिवर्तनका संवाहक पनि हुन, भनेर  गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले  परिवर्तनका लागी विद्रोह गदै छ , त्यो चेतनशील विद्रोहमा मा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधैँ उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ०२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी