कञ्चनपुरको महेन्द्रनगर जलमग्न « Khabarhub

कञ्चनपुरको महेन्द्रनगर जलमग्न


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।

महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमै डुबानमा पर्न थालेको यहाँका व्यवसायी बताउँछन् ।

यहाँका व्यवसायी यज्ञराज जोशीले पसल अगाडि जलमग्न हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए। “ढल निकास नहुँदा मुख्य बजार नै डुबानमा पर्न थालेको छ”, उनले भने, “पालिकाले ढल व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।”

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए। उनले एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाउने योजना निर्माणका क्रममा रहेकाले पनि बजार क्षेत्रमा डुबानमा परेको बताए।

“व्यवस्थित ढलसहितको आधुनिक सहर बनाउने योजनाअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ”, उनले भने, “  निर्माण कार्य सम्पन्न भएपछि यो समस्याको समाधान हुन्छ ।”

वर्षाले यहाँका बस्ती जलमग्न भए पनि अहिलेसम्म कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “अहिलेसम्म ठूलो समस्या भएको सूचना आएको छैन ।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले भने, “निरन्तर वर्षा भइरहेको छ, सबैले सचेत भएर बस्न जरुरी छ ।”

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ३२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण