कञ्चनपुरको महेन्द्रनगर जलमग्न « Khabarhub

कञ्चनपुरको महेन्द्रनगर जलमग्न


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।

महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमै डुबानमा पर्न थालेको यहाँका व्यवसायी बताउँछन् ।

यहाँका व्यवसायी यज्ञराज जोशीले पसल अगाडि जलमग्न हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए। “ढल निकास नहुँदा मुख्य बजार नै डुबानमा पर्न थालेको छ”, उनले भने, “पालिकाले ढल व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।”

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए। उनले एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाउने योजना निर्माणका क्रममा रहेकाले पनि बजार क्षेत्रमा डुबानमा परेको बताए।

“व्यवस्थित ढलसहितको आधुनिक सहर बनाउने योजनाअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ”, उनले भने, “  निर्माण कार्य सम्पन्न भएपछि यो समस्याको समाधान हुन्छ ।”

वर्षाले यहाँका बस्ती जलमग्न भए पनि अहिलेसम्म कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “अहिलेसम्म ठूलो समस्या भएको सूचना आएको छैन ।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले भने, “निरन्तर वर्षा भइरहेको छ, सबैले सचेत भएर बस्न जरुरी छ ।”

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ३२ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द