मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध « Khabarhub

मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रूपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो ।

आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो ।

बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता गर्न गएपछि भैरहवा मेडिकल कलेजबाट जाँदै गरेको रा १ झ १०८ नम्बरको लालमटिया स्वास्थ्य चौकीको एम्बुलेन्स मैत्री पथमा रोकिएको थियो । गल्लामण्डीमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयबाट निस्केको र्‍यालीमा उम्मेदवार नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे तथा नेपाली कांग्रेसका रामचन्द्र ढकाल लगायतको समर्थकहरूको र्‍यालीका कारण एम्बुलेन्सलाई अवरोध हुन पुगेको हो ।

एम्बुलेन्स जाने बाटो नै नभएपछि एम्बुलेन्स र्‍याली अगाडि बढेपछि मात्रै गन्तव्यतर्फ लागेको थियो । गृहमन्त्री नै उम्मेदवार भएपछि भैरहवाको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । रुटमा विपरीत दिशाबाट आउने सवारीसाधनलाई पूर्ण रोक लगाइएको थियो ।

भैरहवास्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता को तालिका रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ३७ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता