महोत्तरी- माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् ।
यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छन् ।
उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमाले उम्मेदवार लक्ष्मी महतोसँग उनको प्रतिस्पर्धा हुने भएको छ ।
यसअघिको महतोले पोखरेलसँग पराजित भएका थिए ।
प्रतिक्रिया