मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल  « Khabarhub

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल 


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ-  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् ।

तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताए ।

उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि  प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’

पौडेलले आफूहरू संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउँदै भ्रष्टाचार विकृत विसङ्गतिलाई हटाएर आम नागरिकमा आशा सञ्चार दिन आफूहरूले चाहेको बताए ।

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए ।

उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टाचार विकृति हो । म त्यो भ्रष्टाचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु । म यही प्रण गरेको छु ।’

पौडेलले गाउँमा सबै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ३६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।