फाइल फोटो

राजनीति

काठमाडौँ-४ मा महामन्त्री थापाको उम्मेदवारी दर्ता

By खबरहब

October 09, 2022

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीको नेतृत्व तहमा रहेकाले काठमाडौँ क्षेत्र नम्बर ४ को विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । उनले जोस र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको समेत बताए। उन्ली २०७० र २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै थापाले काठमाडौँ क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएकाले अन्त नगएको बताए। आफूमाथि विश्वास र भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै उनले सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर ४ का पार्टी कमिटीलाई धन्यवाद दिए।