भक्तपुर १ मा प्रेम सुवालको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

भक्तपुर १ मा प्रेम सुवालको उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-  नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ । यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य सुवालले पार्टीको तर्फबाट पुनः आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंपछि उनी यो क्षेत्रबाट निरन्तर विजयी हासिल गर्दै आएका छन् । यस अघिसम्म उनले यो क्षेत्रबाट तीन पटक विजयी हासिल गरेका छन् । यो उनको चौथौँ पटकको उम्मेदवारी हो । प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ क (चाँंगु) मा मीनबहादुर बाटा र १ (ख) (भक्तपुर) मा सुरेन्द्रराज गोसाई रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ०१ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा