सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेँ : मन्त्री कोइराला « Khabarhub

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेँ : मन्त्री कोइराला


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेको बताएका छन्।

सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज आफ्नो कार्यकालको अन्तिम दिन आफूले गरेको कामका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ अधिकतम प्रयास गरेर अन्तिम अवस्थामा रहेको बताए।

“नेपालमा शान्ति प्रक्रिया लामो समयसम्म रह्यो, आठ वर्षसम्म आयोग राखियो”, मन्त्री कोइरालाले भने, “सबै प्रयत्न गरियो, संसद्को कार्यकाल सकिएकाले अघि बढ्न सकेन तर सबै तयारी अवस्थामा छ ।” मन्त्री कोइरालाले सत्तापक्ष र प्रमुख प्रतिपक्षले सहयोग गरेको भए पनि समय हुँदा पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा केही राजनीति भएर अघि बढ्न नसकेको सुनाए।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यका साथ कानुनका विज्ञको हैसियतले कोइरालालाई गत चैत २४ गते कानुनमन्त्रीमा नियुक्त गरिएको थियो । आज ६ महिनाको कार्यकाल पूरा भएर बिदाइ भएका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : २७ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर